यो मुलुकमा जन्मिएका बुद्धद्वारा प्रतिपादित विशेषतः संसारका विभिन्न मुलुकहरूमा “बुद्धम् शरणम् गच्छामी” यी शब्दहरू आफैँमा भातृत्व मेलमिलाप शान्तिको दियो प्रज्वलितका लागि आग्रहका आफ्नोपनले जो सुकैलाई पनि आफूतिर आकर्षण गर्दछ । बुद्ध यो मुलुकको धरोहर र ऐतिहासिक व्यक्तित्व हुन् । उनी विश्वभर सम्मानित हुनुका साथसाथै शान्तिका प्रतीकका प्रारूपमा कहलिएका छन् । यसैकारण पनि बुद्धलाई नेपालमा उनको जन्म र उनका व्यवहारहरू स्नेह, मायाका प्रारूप पनि भनिन्छ ।
राजा वीरेन्द्रले विश्ववासी समक्ष यो मुलुकको निरन्तरता र जीवन्तताका लागि विश्व इतिहासमा शान्ति प्रारूप देशको रूपमा यो बाँचिरहोस् भन्ने आकाङ्क्षाको रूपमा नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भनेका थिए । राजा वीरेन्द्रको अवसान पश्चात् नेपाली जनतालाई छोडेको जिम्मेवारी देशको दीर्घकालीन स्थिरताका लागि हो । देशको स्वतन्त्रता तथा यसको निरन्तरताका लागि हामीले आफ्ना बलबुताले भ्याएसम्म गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीका ऐतिहासिक जिम्मेवारीको उद्घोष
चीनको राजधानी बेजिङमा आफ्नो राष्ट्रियताको सवालमा प्रधानमन्त्री ओलीले जब विश्वका राष्ट्रप्रमुखहरूसँग आफ्नो देशप्रति भारतीय सरकारद्वारा गरिएको व्यवहार छर्लङ्ग पारे तब यो स्थितिको सामना गर्नु परो । उनले चीनमा नेपालका विभिन्न क्षेत्र लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि छिमेकी भारत सरकारद्वारा गरिएका अतिव्रmमणको फेहरिस्त दिँदै सानो मुलुकको स्वाभिमानमाथि चोट नपु¥याउन आग्रह गरे । संयुक्त राष्ट्रसंघमा कुनै पनि देशको दर्जा सबैको समान हुन्छ । संयुक्त राष्ट्रसंघको सदस्यको नाताले देश ठूलो सानोको अर्थ रहदैन । सबैलाई समानतापूर्ण व्यवहार गरिन्छ । आदि, इत्यादि उल्लेख प्रकाशित सामग्री तथा राष्ट्रसंघको घोषणा अनुरूप देश ठूलो सानो हुँदैन पनि । उसको आँखामा संसारका कुनै पनि देशको मापन अर्थात् बराबरीको सिद्धान्तमा अडिएको हुन्छ ।

भारतीय राजदूतावासका घृणित खेल मञ्चन
वहालवाला प्रधानमन्त्री के.पी. ओली चीनमा आफ्नो जिम्मेवारी र राष्ट्रियताप्रतिको संवेदनशील सवालमा लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारद्वारा कब्जा गरिएको अहम् सवालमा अडिग रहे । जब–जब भारत सरकार र चीन सरकारद्वारा नेपालको अहम् भूमि भारत सरकारद्वारा गरिएको हर्कतप्रति चीनको मौनता यी आदि सवाल सम्बन्धमा प्रधानमन्त्री ओलीले राष्ट्रिय अहम्का साथ कुरा उठाएकै हुन् । उनले बोलेका शब्दहरू सुस्ताउन नपाउँदै, ओलीप्रति जवाफ फर्काएर भारतीय शासकका तर्फबाट फर्काइएका जवाफ पच्य हुन सक्तैन ।
नेपाल एउटा स्वतन्त्र मुलुक हो, त्यो प्रधानमन्त्री सुशीला कार्कीलाई स्पष्ट थाहा छ । स्पष्ट ज्ञान छ । संविधानले नचिन्ने, जनताबाट अनुमोदन नभएको, भारतीय राजदूतावासको कृत्रिम तालमेलद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई रात्रिकालीनताका भारतीय राजदूतावास जानुको पछाडि के.पी. ओलीलाई रिस साध्ने यो एउटा अहम् सवाल हुन सक्छ । भारतीय राजदूतावास सघन रूपमा एक अर्काको परिपूरक भएर सुशीला कार्कीलाई भेटघाट दिनु र लिनु आफैँमा राष्ट्रघातको ठहर गर्न सकिन्छ । स्रोत अनुसार दूतावासमा नेपालप्रति घातका योजनाहरू बनिएका अर्थात् राजधानीमा जलेका ऐतिहासिक भवनहरूमा आगलागी भएका छन् । ती आगलागीमा स्पष्ट घातक हतियारको स्रोत पनि भारत रहेको देख्न सकिन्छ । काठमाडौँमा राष्ट्रिय सम्पदाहरू माथि आगजनी गर्नु, देशप्रतिको घात व्यवहारका लागि सम्बन्धित व्यक्तिहरूका नाममा यो सन्देश प्रवाहित गर्न हुन अनुरोध छ । लुटपाटमा संलग्न हुने तथा भारतीय राजदूतावास यस्तो विषम परिस्थितिमा सरकारसँग कुरा गर्नुको वदला कुटनैतिक भाषामा सरकारबाट टाढा रहेकी सुशीला कार्कीलाई रात्रिकालीनमा राजदूतावासमा झिकाइनु पछि भारतीय राजदूतावासको नियत माथि शङ्का गर्ने ठाउँ छ । कुटनैतिक रूपमा अमान्य व्यक्ति तथा भारतीय राजदूतावासको मुलुकको आन्तरिक मामलामा हस्तक्षेप देशभक्त नेपालीका लागि सह्य हुँदैन ।

हर्क साङपाङबाट सिकौँ
धरान नगरपालिकाका मेयर हर्क साङपाङ नेपालको लागि नयाँ नाम होइन । उनी धरान नगरपालिकाका मेयर हुन् सबैका लागि अनुपम अर्थात् उदाहरणीय व्यक्तित्व । धरान नगरपालिकामा कोशीको पानी ल्याएर धरानका जनतालाई खुवाउनु, उनी आफैँमा अनुपम उदाहरण हुन् । उनी लोभ लालचभन्दा धेरै माथि छन् । जब–जब हर्क साङपाङ काठमाडौँ आगमनमा मन्त्री खाने भए भारतीय राजदूतावास जानु भनेर भनियो । उनको राष्ट्रियताप्रतिको अहम्ता, मन्त्री हुन भारतीय राजदूतावास किन म जानु ? एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हुँदाहुँदै भारतीय सरकारस्थित राजदूतावास किन जानु ? यो प्रश्न उनले आफूले आफैँलाई उठाए । उनको राष्ट्रियताप्रतिको इमान देशप्रतिको अथाह आस्था, देशलाई घात गर्ने जो सुकै हुन्, जुन सुकै उचाइमा पुगेको किन नहोस् । यो उनको राष्ट्रियता ओजका कारण राष्ट्रियता कुट–कुट भरिएको हर्क साङपाङलाई भारतीय राजदूतावास गएर मन्त्री पड्काउनुभन्दा त बरु म मेरो धरान नै फर्किन्छु भनी उनी फर्किए । एक थान मन्त्री पदको लागि भारतीय राजदूतावास जानु राष्ट्रियताप्रति सौदावाजी गरेर जानुपर्नेभन्दा बरु आफैँद्वारा वहिष्कार गरेर, हर्क साङपाङ धरान फर्किएका थिए । हर्क साङपाङको राष्ट्रियताप्रतिको लगाव, राष्ट्रियताप्रति अहम् प्रचुरमात्रामा कुट/कुट भरिएको रहेछ । हर्क साङपाङ के हुन्, उनको राष्ट्रियताप्रतिको उद्वेग, उनको लगावलाई देशभक्त नेपालीले सम्झिनै पर्छ । यस किसिमसँग आउने देशभक्त नेपालीलाई हामीले उचित सन्मान दिनुपर्छ । यस किसिमको समय–समयमा परिलक्षित राष्ट्रियताप्रति हामी सबै नमन हुनुपर्छ । राष्ट्रियताको पक्षमा आफूलाई उभ्याउन कन्जुस्याइँ गरिनुहुन्न ।
नेपाललाई सिक्किमीकरण गर्नका लागि उद्देश्य सहित भारत र अमेरिकीबाट परिचालित प्रचण्डलगायतका पात्रहरूका विरुद्धको जेहादमा देशभक्त नेपालीहरू एक जुट हुन देशको आवश्यकता रहेको छ । प्रचण्ड आफूलाई माओवादीको कलेवर ओढेर राष्ट्रिय सम्पत्ति लुट खसौटमा उनी अहिलेसम्मकै अग्रभागमा देखिएका छन् । देशमाथि गद्दारी गर्दै विभिन्न ठाउँमा देखिएका भारतीय नोट घरमा राखिएको अग्निद्वारा प्रदर्शन गरिएको छ । नेपाल प्रहरीका रिटायर्ड अफिसरले उनको घरमा राखिएको झण्डै–झण्डै २ करोडभन्दा माथि भारतीय रूपैया ट्रकमा ओसारिनु र त्यो सडकमा छताछुल्ल रूपमा प्रदर्शन भएको फोटोहरू पनि सार्वजनिक गरेका छन् । प्रचण्डका छोरीहरूको आलिशान जीवनको करतुतहरू बाहिरिएका छन् । ती सबैको फेहरिस्त माओवादीको जनयुद्धमा विभिन्न बैङ्क आदिबाट लुटिएका रकमहरूको भारी भरकम अरबौँको तादातमा रहेको पाइएको छ । १० थान ट्रकमा ती रूपैयाँहरूलाई अन्यौल गन्तव्यतर्फ सारिएको कुरा जिम्मेवार भूपू प्रहरी डिआइजीले बताएका छन् । माओवादी जनयुद्धकालमा देशका विभिन्न भोगमा लुटपाट गरेर कमाइएका प्रचण्डका सम्पत्तिहरू यसबेला छोरीहरूको घर÷घरमा देखिएका छन् ।
सिंहदरबार लगायत अन्य राष्ट्रिय सम्पदा जल्नु अघि प्रचण्डले ठाउँ–ठाउँमा भनेका छन् । सिंहदरबार लगायत सबै राष्ट्रिय गौरवका संरचना ध्वस्तको बोली बोल्नुको कनेक्सन भारतीय सरकारसँग रहेको कुरालाई नकार्न सकिन्न । देशभक्त नेपाली हो ! राष्ट्रको सम्प्रभुसत्तालाई अक्षुणता एवम् एकतालाई झन्–झन् कस्दै लानुको औचित्यलाई नकार्न सकिन्न । हामी जो जहाँ भए पनि देशलाई कसरी निरन्तरता एवम् यसलाई अझ सङ्गठित जीवन्तता दिनका लागि देशभक्त नेपालीहरू एउटै प्रारूपमा आउनुको विकल्प छैन । देश हाम्रा पुर्खाको नासो हो । यो नासोको निरन्तरता, हाम्रो भविष्य आउने पिँढीको भविष्यको ग्यारेन्टीप्रति सचेत रह्यौँ । देशलाई अझ एकताको साङ्लोमा बाँध्न हाम्रो असीम स्रोतले धन्यधान्य भूमिप्रति हाम्रो नैतिक जिम्मेवारीप्रति सजग र सचेत होऔँ ।
राष्ट्रिय धरोहर जलिरहदा
राजधानी काठमाडौँ विशेषत सिंहदरबार लगायत देशका गौरवपूर्ण सर्वोच्च अदालत आदिलाई निसाना बनाइयो । यी सबैको परिचालित रिमोट कन्ट्रोलको वहाना भारतीय राजदूतावासले अहम् भूमिका खेलिरहेका थिए । ती अति प्रज्वलनशील वस्तुहरूको मुलुक भित्रिनु तथा त्यसलाई सुरक्षित साथ काठमाडौँ भित्राउनु यी सबैको तयारी लामो समयदेखि गरिएको कुरालाई कसैले नकार्न सकिदैन । राजधानी जस्तो संवेदनशील क्षेत्रमा सिंहदरबार, अदालतसँगै अन्य जनताका चासोका कार्यालयमा प्रज्वलनशील काठमाडौँ क्षेत्रमा भित्र्याउनु पछाडि यी सबै आपूर्तिको व्यवस्थापन निकै लामो समयदेखि चल्दै आएको कुरालाई नकार्न सकिन्न ।
नेपालका ऐतिहासिक धरोहर जलिरहदा सरकारसँग, नगरपालिकासँग भएका वारुण यन्त्रलाई दुर्घटना क्षेत्रमा पु¥याउन कन्जुस्याइँ गर्नुको पछाडि देशघातीहरूको योजनालाई कार्यान्वयनको टुङ्गोमा पु¥याउनु नै हो ।
मुलुक यसबेला अस्थिरतामा रुमलिएको छ । वालेन साह आफ्नो परिस्थिति, उनी को हुन् ? हामी यसबेला धन्धुकारी परिस्थितिमा, अनाधिकृत रूपमा मुलुक फसिरहेको छ । वालेन साह को हो ? कसरी भए शक्तिशाली ? वालेन साह पावरमा छन् भन्ने कुराको ग्यारेन्टी छ र ? लुसिफर हो ? मुलुक नै अस्थिरतामा, अराजकताको भूमरीमा हामी फसिरहेका छौँ ? देशको स्थिति झन्–झन् अप्ठेरोमा गहिरिदै भाषमा झरिरहेको छ । देशलाई कसरी आफ्नो स्थितिमा फर्काउन यो अहम् सवाल देशभक्त नेपालीहरूको काँधमा आएको छ । विशेषत हामी देशका सिमानाहरू खुल्ला राखेर हामी धेरै गल्ती त गरिरहेका छैनौँ । यो गल्तीलाई पहिले सच्याउनुपर्छ । दक्षिणी सिमानाहरूलाई नियमन गर्न ढिलो भइसकेको छ । यसलाई नियमन गरिएन भने देशको स्थिति झन्–झन् विकराल हुँदै जानेछ । दक्षिणी सिमाना अर्थात् भारतीय क्षेत्रबाट यो मुलुकभित्र भित्रिने मानव बाढलाई युद्धस्तरमा रोक्नका लागि देशभक्त नेपालीहरू एकाकार हुन ढिलाइ गर्नु हुँदैन भन्ने मेरो आग्रह छ ।
४४३३, स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्र सेनानी

















फेसबुकबाट तपाईको प्रतिक्रिया