२०८२ भाद्र ६ | Aug 22, 2025

भारतीय विदेश सचिव काठमाडौंमा, महत्वपूर्ण भेटघाटमा दिनभर व्यस्त रहने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्ता दिन भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । मिश्री आज दिनभर महत्वपूर्ण भेटघारमा व्यस्त रहने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

सचिव मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देश सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिने काम पनि आजै हुनेछ । प्रधानमन्त्री ओली यही भदौको अन्तिम साता दुई दिनका लागि भारत भ्रमणमा जाने कार्यसूची तय भएको छ ।

आज बिहान ९ बजे विशेष विमानबाट नेपाल आएका विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले र १०ः३० मा प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ ।

त्यसैगरी भारतीय विदेश सचिव मिश्रीले आजै परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम समेत रहेको छ ।

उच्चस्तरीय भेटवार्ता र छलफलपछि उनी पशुपतिनाथको दर्शन गरेर फर्किने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया