भारतीय सेयर बजार नयाँ उचाइमा
एजेन्सी १९ असार २०८१ ।
बुधबार भारतीय सेयर बजारले नयाँ उचाइ लिएको छ । कारोबारका क्रममा बजार परिसूचक बीएसई सेन्सेक्सले ‘अल टाइम हाइ’ ८० हजार ७४ अंक पुगेको थियो ।
यद्यपि बन्द हुँदा सेन्सेक्स ७९,९८६ मा रह्यो । यो अंक बजार बन्द हुँदाको सबैभन्दा उच्च हो । अघिल्लो दिनको तुलनामा बुधबार बीएसई सेन्सेक्स ५४५ अंक (०.६९ प्रतिशत) बढेको हो ।
बीएसई सेन्सेक्स विगत एक वर्षको अवधिमा २२ प्रतिशत बढेको छ । ठीक एक वर्षअघि बीएसई सेन्सेक्स ६५,२०५ अंकमा थियो ।
बीएससीई मात्रै नभई निफ्टी–५० सूचकले पनि उच्च अंकको रेकर्ड बनाएको छ । निफ्टी–५० सूचक २४,२८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो सूचक १६२ अंक (०.६७ प्रतिशत) बढेको हो ।
निफ्टी ५० मा सबैभन्दा धेरै मूल्य बढेका कम्पनीमा टाटा कन्जुमर प्रोडक्ट्स, एचडीएफसी बैंक, कोटक महिन्द्रा बैंक, अडानी पोर्टस्, एक्सिस बैंक रहे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया