
काठमाडौं । भारत र पाकिस्तानका सैन्य अधिकारी बीच आज उच्चस्तरीय वार्ता हुदै छ । दुई देशबीचको जारी तनावलाई लिएर सैन्य अधिकारीबीच हटलाइनमार्फत मध्यान्ह १२ बजे वार्ता तय भएको हो ।
वार्ता हालैको युद्धविराम र सीमा क्षेत्रमा हुने तनावलाई दीर्घकालीनरूपमा समाधान गर्ने विषयमा केन्द्रित हुनेछ । भातीय पक्षले वार्तामा कश्मीर र इन्दुस जल सन्धिबारे कुनै छलफल नहुने स्पष्ट पारेको छ । यसैबीच भारतको इन्डियन नेसनल कांग्रेसका सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर संसद्को विशेष सत्र बोलाउन आग्रह गरेका छन् । शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि आइतबार गान्धीले प्रधानमन्त्री मोदीलाई पत्र लेखेका हुन् ।
संसद्मा प्रतिपक्ष नेता रहेका राहुल गान्धीले पहलगाम आतंकवादी हमला, अपरेसन सिन्दूर र युद्धविरामलगायत विषयमा छलफल गर्नु जनताको र उनीहरूका प्रतिनिधिहरूका लागि आवश्यक भएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया