२०८२ भाद्र ६ | Aug 22, 2025

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष रहेको काँग्रेसको ठहर

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १२

ललितपुर । नेपाली काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको र कुनै पनि अनियमिततामा उनको हात नरहेको निष्कर्ष निकालेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

बैठक लगत्तै नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

महतले गृहमन्त्री लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको आरोप समेत लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया