२०८२ भाद्र ६ | Aug 22, 2025

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री लेखकको राजीनामा माग

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १२

ललितपुर। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने विभिन्न दलहरुले निष्कर्ष निकालेका छन् ।

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । सोमबार विहान प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

चौतर्फी आलोचना खेपिरहेको गृहमन्त्री रमेश लेखकको राजीनामको विषयमा छलफल गर्न र उनीमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दलको बैठक बोलाएको छ ।

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसो ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।

यता नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया