२०८२ आश्विन १६ | Oct 02, 2025

भीमसेनस्थान नजिक आगलागी , क्षतिको पूर्ण विवरण आउन बाँकी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १३
|
1.2k views

ललितपुर काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आएको छ । क्षतिको विवरण सङ्कलन हुँदै छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया