
ललितपुर । सत्तारूढ दल नेपाली कांग्रेसले भूमि विधेयलाई पारित गर्ने कार्यसूचीबाट हटाउन माग गरेको छ । यतिबेला नेपाली काँग्रेस भूमिसम्बन्धी विधेयक छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने पक्षमा देखिएको छ ।
आजका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने उल्लेख छ । तर सत्तारुढ दल नेपाली काँग्रेस उक्त विधेयकलाई छलफलका लागि संसदीय समितिमा पठाउनु पर्ने पक्षमा उभिएको छ ।
यसै विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमि विधेयक पारित गर्ने कार्यसूची हटाउन माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त विधेयक छलफलका लागि समितिमा पठाउनुपर्ने बताएका छन् ।
त्यसैगरी भूमिसम्बन्धी विधेयकमा नेपाली कांग्रेसका महामन्त्रीद्वय शर्मा र गगन थापासहितका सांसदले संशोधनको प्रस्ताव राखेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया