|
|
२०८२ पुष २०
1.4k views
ललितपुर - अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो देश लगेपछि कार्यकारी राष्ट्रपतिको जिम्मेवारी डेल्सी रोड्रिगेजलाई दिएको छ । राष्ट्रपति निकोलस मादुरोको अनुपस्थितिमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुपर्ने फैसला भेनेजुएलाको सर्वोच्च अदालतले गरेको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको उच्च अदालतले डेल्सी रोड्रिगेजलाई प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न यो जिम्मेवारी सुम्पनु आवश्यक रहेको बताएको थियो ।
अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई आफ्नो देश लगेको छ ।

बिजनेस पाटी