भोट्खोला दोश्रो ल्होसार फुटबल कप २०८० सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८० फाल्गुन २४
|
408 views

ललितपुर - चक्र प्रसाद पोख्रेल

काठमाडौं २०८० फागुन २४– संघर्षशिल युथ क्लब सेक्सुमको आयोजनामा काठमाडौंको सिफल चौरमा सुरु भएको भोट्खोला दोश्रो ल्होसार फुटवल कप २०८० सम्पन्न भएको छ ।गत्त मंलबारबाट शुरु भएको खेल आठ दिनसम्म संञ्चालन भएको थियो । पुरुष तर्फ ३३ टिम र महिला तर्फ ११ टिम सहभागी भएका थिए ।
प्रतियोगीतामा पुरुष तर्फको उपाधी सेम्बुङ युथ क्लबको पोल्टामा गयो भने, दोस्रो च्याम्ताङ युथ क्लब, तेस्रो थाङ्मुछी बिकास समाज भएको थियो भने चौथो भेच्याबा युथ क्लब भएको थियो ।त्यसैगरी महिलातर्फ प्रथम फाराङ दङ्गोक टिम, दोस्रो भोटखोला वडा न ४ तेस्रो च्याम्ताङ दिदिबहिनी टिम र चौथो पाङ्दोक मिङो ङा हुन सफल भए ।
समापन कार्यक्रमका प्रमुख अतिथी नेपाल रग्बी संघका केन्द्रिय कोषाध्यक्ष जे।बि दिपक अधिकारीको उपस्थीति रहेको थियो त्यसैगरी विशिष्ठ अतिथिमा पर्यटन ब्यवसायि टिकाराम गुरुङ र संखुवासभा लर्निङ ग्राउन्डका प्रमुख कर्म भोटिया रहेका थिए । अतिथिको रुपमा राष्ट्रिय खेलाडी पिम्बा नुर्पु भोटे लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube