२०८२ असार ९

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।
भोलि बजेट निर्णयार्थ प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन् । उनले तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
यस्तै नेकपा एमालेले पनि विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको सूचनामा एमाले सांसदहरुलाई असार १० गते को बैठकमा अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया