|
|
२०८२ जेष्ठ २०
510 views
ललितपुर - ललितपुर । आज मंगलबार अर्थात् यो साताको दोस्रो कारोबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य रुपमा घटेर बन्द भएको छ ।
सोमबारको कारोबारमा १.६० अंक बढेर २६९४.६६ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सो सेसनमा ०.६२ अंक घटेर २६९४.०४ विन्दुमा झरेको छ। आज सोही सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७४ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ४५ स्टकको ६० पटकको कारोबारमा ९ लाख ३९ हजार २१ रुपैयाँ ७२ पैसाबराबरको १ हजार ३९९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको शेयरमूल्य भने प्रि ओपन सेसनभर स्थिर रहेको छ।

बिजनेस पाटी