२०८२ भाद्र ६ | Aug 22, 2025

मच्छिन्द्र क्लब जीतपुरसिमरा गोल्ड कपको सेमिफाइनलमा

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५

सिमरा । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । १५औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब प्रवेश गरेको हो ।

आइतबार राति भएको खेलमा साविक विजेता पुलिसलाई टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारको यात्रा तय गरेको थियो। मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने ।

प्लेयर अफ दि म्याच विशालले टाइब्रेकरमा पुलिसको अन्तिम पेनाल्टीलाई रोकेपछि मच्छिन्द्र ४–३ ले विजयी भएको हो। निर्धारित समयको खेल १–१ को‌ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल, विपन श्रेष्ठ, अशिम गुरुङ र पुजन श्रेष्ठले गोल गरे । विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरियो ।

पुलिसका लागि गोलरक्षक अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरे । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरियो । अरुण गाहाको प्रहार विशालले पञ्च गरेपछि मछिन्द्रको जित पक्का भयो ।

त्यसअघि निर्धारित ९० मिनटको खेलमा बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरियो ।

दोस्रो हाफमा झन्डै २५ यार्डबाट विवेक पाण्डेले फ्रिकिकमा‌ गोल गर्दै पुलिसलाई अग्रता दिलाए। पेनाल्टी बक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक पाएको हो ।

खेलको ६१ औं मिनटमा राजिव लोप्चनले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काए । अरुण गाहाको क्लियर गरेको बल पेनाल्टी बक्समा नियन्त्रणमा लिदै राजिवले गोल गरेका हुन् ।

खेलको १७ औं मिनटमा पुलिसका अरुणको प्रहार मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले गोललाईनबाट बचाए । अनुप लिम्बुको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशालले पनच गरे।

रिवाउण्डमा पुलिसका अरुणको प्रहारलाई मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले हेडिङ मार्फत गोललाईनबाट क्लिएर गरे ।

खेलको ७५ औं मिनटमा मच्छिन्द्रका अनिल खड्काले अवसर गुमाए । अनिल रानामगरको क्रसमा खड्काको प्रहारलाई पुलिसका गोलरक्षक अमितले बचाउ गरे ।

खेलको ७९ औं मिनटमा पुलिसका प्रविण थापाको प्रहार मच्छिन्द्रका विशालले गरे। मानबहादुर परियारको फ्रिकिक प्रहारलाई नियन्त्रण गर्दै विकास विकले प्रविणका लागि डिबक्स भित्रै आकर्षक अवसर बनाईदिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया