मञ्जुश्री साहित्यिक समाजको नवौँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

काठमाडौँ २९चैत २०८०-मञ्जुश्री साहित्यिक समाजको नवौँ वार्षिकोत्सवका अवसरमा विपि(भूपि साहित्यिक पुरस्कार समर्पण एवं मञ्जुश्री साहित्यिक स्रष्टा सम्मान तथा मञ्जुश्री साहित्यिक पुरस्कार समर्पण सम्पन्न गरिएको छ ।

मञ्जुश्री साहित्यिक समाजका अध्यक्ष डा।बमबहादुर थापा जितालीको सभापतित्व तथा प्रसिध्द हास्यव्यङ्ग्यकार प्रा।राम कुमार पाँडेको प्रमुख आतिथ्यमा विपि(भूपि पुरस्कार कोषका संस्थापक श्रीरामसिंह बस्नेत तथा कोषका अर्का संस्थापक साहित्यकार गङ्गा लिगलको समुपस्थितिमा मञ्जुश्री साहित्यिक समाजद्वारा आज बागबजारस्थित होटल हार्दिकमा आयोजित समारोहमा मञ्जुश्री साहित्यिक स्रष्टा सम्मानबाट गीतकारद्वय आनन्द अधिकारी तथा विजयध्वज थापा र साहित्यसेवी लक्ष्मण थापालाई सम्मानित गरिएको छ ।

उक्त कार्यक्रममा मञ्जुश्री साहित्यिक पुरस्कारबाट कवयित्री डा।अम्बिका अर्याल तथा विपि(भूपि साहित्यिक पुरस्कारबाट कवयित्री रञ्जु दाहाललाई १५१२५र( नगद राशी सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो, भने मञ्जुश्री साहित्यिक स्रष्टा सम्मानबाट गीतकारद्वय आनन्द अधिकारी तथा विजयध्वज थापा र साहित्यसेवी लक्षण थापालाई सम्मानित गरिएको छ ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै डा।बमबहादुर थापाुजितालीुले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।यसैक्रममा प्रमुख अतिथि प्राध्यापक रामकुमार पाँडेले पहिलेका स्रष्टा र साहित्य र अहिलेका स्रष्टा र साहित्यबारे चर्चा गर्दै अग्रज स्रष्टाद्वय लीलाध्वज थापा,माष्टर रत्नदास प्रकाश,वानिरा गिरी तथा प्रेमा शाहको साहित्यिक योगदान बारे चर्चा गरेका थिए ।

समारोहमा विपि(भूपि पुरस्कार कोषका संस्थापक श्रीरामसिंह बस्नेतले संस्थाको गतिविधिमाथि प्रकाश पारेका थिए भने कोषका अर्का संस्थापक तथा साहित्यकार गङ्गा लिगलले पनि विपि(भूपि साहित्यिक पुरस्कार तथा संस्थाका बारेमा संक्षेपमा प्रकाश पारेकी थिइन्।

समारोहमा विपि(भूपि साहित्यिक पुरस्कारबाट पुरस्कृत भइसकेका कवि प्रल्हाद पोखरेलले आफ्नो शुभकामना मन्तव्यका क्रममा विपिका कथाबारे व्याख्या गर्दै भूपिका रचनाहरू पनि वाचन गरेका थिए।समारोहमा मञ्जुश्री साहित्यिक समाजका संस्थापक तथा संरक्षक वीरबहादुर लोहनीले स्वागत मन्तव्य राखेका थिए।

सम्मानित व्यक्तित्व आनन्द अधिकारीले मन्तव्यका क्रममा मन्जुश्री साहित्य समाज ले प्रदान गरेको यो सम्मानले साहित्य विधामा समर्पित भै अगाडी बढ्ने जिम्मेवारी थप्नुका साथै प्रेरणा समेत मिलेको छ भन्दै माग्नेको हातमा सुनको कचौरा शीर्षकको आफ्नो कविता वाचन गरेका थिए भने अर्का सम्मानित व्यक्तित्व विजयध्वज थापाले आफ्नो मन्तव्य राख्दै स्रष्टाहरूकै जीवनकालमा सम्मान तथा पुरस्कृत गरिनु पर्छ भन्ने उद्देश्य राखेर आफूले पनि आफ्ना पिता लीलाध्वज थापाका नाममा स्थापित लीलाध्वज थापा साहित्य प्रतिष्ठान मार्फत धेरै जना स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको बताउँदै आमाशीर्षकको एउटा कविता वाचन गरेका थिए। पम्फा भट्टराईद्वारा सञचालन गरिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ध्रुवराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया