२०८२ आश्विन १६ | Oct 02, 2025

मधेशमा कांग्रेस नेतृत्वको सरकार बन्छ : देउवा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २३
|
51 views

धनुषा । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब छिट्टै कांग्रेस नेतृत्वको सरकार बन्ने बताएका छन् ।

शुक्रबार नेपाली काङ्ग्रेस पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाम पुगेका सभापति देउवाले पत्रकारहरूसँगको छलफलमा यसअघि भएको सहमति अनुसार अब छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । आलोपालोको सहमितअनुसार अब सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने बताएका छन्

पत्रकारसँगको छलफलमा उनले नयाँ सरकारको गठनबारे चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल गरिनेसमेत बताएका छन् । उनले भने “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ ।’

मधेश प्रदेश कार्यालय जनकपुरधाममा भइको पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायत अन्य शिर्षस्थ व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया