मधेशमा वैकल्पिक वित्तीय संरचना बनाउँछौँ: गगन थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ६
|
765 views

ललितपुर - ललितपुर –  नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको वित्तीय संरचना खलबलिएको बताउनुभएको छ । जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उहाँले मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई कारबाही गर्ने मात्र होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ ।

सभापति थापाले आफू मधेशका दलित, अल्पसङ्ख्यक र महिलाका लागि नयाँ सोच र योजना सहित आएको बताउनुभयो। साथै उहाँले मधेशमा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर रहेको उल्लेख गर्नुभयो ।

उहाँले पाँच वर्षभित्र मधेशमा क्रिकेट रङ्गशालासहित पूर्वाधार विकासका काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 पात्रो/राशिफल  रेडियो YouTube