२०८२ भाद्र ६ | Aug 22, 2025

मधेसमा केहीदिन अझै पानी नपर्ने : अन्य ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ११

ललितपुर । मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशमा अझै केही दिन वर्षाको सम्भावना नरहेको जनाएको छ । ती दुई प्रदेश बाहेकका अन्य ५ प्रदेशमा भने आइतबार दिउँसो भारी वर्षा हुने जनाएको छ । आइतबार दिउँसो र रातिको पूर्वानुमान गर्दै विभागले यस्तो जनाएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइताबार) दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेशका पहाडीसहित एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । त्यस्तै मधेस र लुम्बिनी प्रदेशमा थोरै स्थानमा मध्यम वर्षासहित हावाहुरी चल्ने सम्भावना रहेको छ ।

त्यसैगरी आइतबार राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया