२०८२ बैशाख २२

जनकपुरधाम । मधेस प्रदेश सरकारले भोली (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित एक दिन बिदा थप गरेको हो ।
मंगलबार जानकी नवमी अर्थात् सीता जयन्तीको अवसरमा वैशाख २३ गते मंगलबार प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदो दिने निर्णय गरेको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया