मनकामना केवुलकार २७ औं वर्षमा प्रवेश

BusinessPati बिजनेस पाटी
|
२०८१ मंसिर ९
|
561 views

ललितपुर - काठमाडौं – ९  मंसिर २०८१ –

नेपालकै पहिलो केवुलकार, मनकामना केवुलकार सेवा सुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ ।

    २६ आ वार्षिकोत्सवको उपलक्ष्यमा हामी नेपालमा केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको साहसिक एवं ऐतिहासिक निर्णयको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रदा अर्पण गर्न चाहन्छौं,’ मनकामना दर्शन प्रालिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

      केवुलकार संचालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरीका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तब्यका रूपमा स्थापित भैसकेको छ । २६ वर्ष पुगिसकेको यो ब्लबयिनगभ प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै मनकामना केवुलकारले यस प्रविधिलाई हालकै नवीनतम् Digital प्रणालीमा स्तरोन्नति गरिएको छ ।

      साथै मनकामनामा केवुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तब्य बनाउने कम्पनीको लक्ष्य रहने छ ।

      संचालनमा आएपछि मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दि सकेको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने कम्पनीको लक्ष्य रहेको छ ।

      केवुलकारलाई यहाँ सम्म ल्याई पु¥याउन मद्दत गर्नै सम्पुर्ण यात्रुजनहरू, शहिद लखन गाउँपालिका तथा ईच्छाकामना गाउँपालिका तथा दुवै गाउँपालिकाका सहयोगी मित्रहरू, स्थानीय प्रशासनहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका साथ अन्य सरकारी निकायहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नै सम्पुर्णमा कम्पनीले हार्दिक कृतज्ञता एवं आभार प्रकट गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube