२०८२ भाद्र ६ | Aug 22, 2025

मन्त्रिपरिषद् बैठक बस्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३१

ललितपुर । मन्त्रिपरिषद् बैठक बस्दै छ । साँझ ६ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको आजको बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्ति गरेर निकायलाई पूर्णता दिने जनाईको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएर कानुन मन्त्रालयलाई बुझाएसँगै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गरेर आयोग पदाधिकारी नियुक्त गरेर पूर्णता दिन लागिएको हो ।

मिश्र नेतृत्वको समितिले गत शुक्रबार बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका दुई अध्यक्षसहित चार–चार जना सदस्यसहित १० जनाको नाम सिफारिस गरेको थियो । बेपत्ता छानबिन आयोगको अध्यक्षमा एमालेको कोटा बाट पूर्वमुख्यसचिव लीलादेवी गड्तौला र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कांग्रेसको कोटामा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापाको नाम सिफारिस भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया