मन सँग संवाद

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ९
|
561 views

ललितपुर - सुनिता प्रसाईँ

प्रिय मन आऊ बसेर साउतीमा कुरा गरौँ

    जसरी मातृ वात्सल्यमा मदहोष भएको

    अबोध बालक एकनास सुनिरहन्छ आमाको अन्तर

    आत्माको आवाजलाई

    तिमीलाई गाली गरूँ या प्रेम?

    धेरै चोटि मेरो आत्मविश्वासलाई घात गर्‍यौ,

    मेरो अन्तर यात्रामा बाधा बन्यौ।

    मलाई मित्र बनाउँदा तिम्रो के जान्छ ?

    सधैँ मैले तिम्रा कुरा मात्र सुन्नु?

    तिम्रो पछि पछि कति कुदिरहनु?

    तिमी ले भनेको मैले खुरुक्क गर्नु पर्ने ?

    मैले हारेर तिमीलाई जिताउनु पर्ने ,

    तिम्रा इसारामा सधैँ मैले नाच्नु पर्ने ।

    अति भो यार जसरी माछा जाल बाट उम्कन सक्दैन ,

    एउटा हत्यारा जेलबाट निस्कन सक्दैन ।

    तिमी सँग धेरै पटक सम्बन्ध विच्छेद गरेकै हो।

    तिमीलाई भेन्टिलेटर सम्म पुर्‍याउने साहस पनि गरेकै हो ,

    अग्नि साक्षी राखेर आहुति पनि दिएकै हो ।

      मैले कोरेको लक्ष्मण रेखा नाघेर भित्र छिर्ने तिम्रो कत्रो हिम्मत ?

      मेरो आत्मसम्मानमा चोट पुर्‍याउने ,

      मेरा आँखामा पटक पटक पट्टि लगाई दिने?

      तिम्रो मैले के बिगारेको छु र?

      बार बार मेरो दुश्मन बन्दै छौ हँ?

      भगवान् श्री कृष्ण गीतामा भन्नु हुन्छ ,

      मन नै तिम्रो शत्रु र मित्र पनि हो ।

      अब सुस्त सुस्त तिमीलाई फकाउदैछु।

      जुनी जुनी कहिल्यै न छुट्ने मित्रता गाँस्दै छु।

      तिम्रा कारण ले टाढिएका सम्बन्धमा गला लगाउँदै छु।

      प्रिय मन अब अन्धो न बन्नु है,

      मेरो अन्तर यात्रामा बाधा न पुर्‍याउनु है।

      अब तिमी ले चेतना सङ मित्रता गाँस्नु पर्छ।

      बुद्धि र विवेक सङ झुक्नु पर्छ।

      भावनामा छताछुल्ल पोखिनु हुँदैन है,

      इच्छाहरूको मलामी जानुपर्छ ।

      ब्रह्माण्डको नियम विपरीत चल्नु हुँदैन है।

      सूक्ष्म शरीर र स्थूल शरीरको भिन्नतालाई छुट्टाएर,

      मेरो इसारामा नाच्नु पर्छ,।

      प्रिय मन ध्यान र प्राणायामको शक्ति ले,

      आजै बाट तिम्रो दासताबाट मलाई मुक्त गर

       पात्रो/राशिफल  रेडियो YouTube