२०८२ फाल्गुन ६ | Feb 18, 2026

महालक्ष्मी विकास बैंकका ग्राहकलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २३
|
714 views

ललितपुर । नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चाडपर्व तथा विदेश यात्रा गर्ने यात्रुहरुलाई लक्षित गर्दै र्याडिसन होटल लाजिम्पाट, काठमाण्डौसँगको सहकार्यमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

यस किसिमको सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त होटलले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवासहित विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित रहेका छन् :

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्रबैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया