महालक्ष्मी विकास बैंकको चार शाखा सञ्चालनमा

काठमाडौं १४ मंसिर ।

महालक्ष्मी विकास बैंकले थप नयाँ चार शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले एकैदिन बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट बैंकिङ्ग कारोबार सञ्चालन गरेको हाे ।

सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर महालक्ष्मी  विकास बैँक सो स्थानहरुमा शाखा खोल्ने प्रथम राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरु सहित यस बैंकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ । साथै बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

बैंकले गत कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया