२०८२ फाल्गुन ६ | Feb 18, 2026

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९
|
255 views

ललितपुर । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई असार २२ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको बैंकको भनाई छ ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुमा जिम्मेवारीका भूमिका निर्वाह गर्दै आएका ठाकुरले असार २९ गतेदेखि महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकको भूमिका निर्वाह गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया