महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं १७ साउन २०८१-“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु कसमस रिट्रट्स प्रा.लि. चावहिल, काठमाण्डौंमा जन्मदिन, विवाह, व्रतवन्ध, वार्षिकोत्सव, पार्टी लगायतका उत्सवहरुको लागि केकको मुल्यमा १५ प्रतिशत ३५ दिने बेकरी तथा पेस्ट्री तालिम शुल्कमा १० प्रतिशत,३५ दिने फन्डक्ट तालिम शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

श्रीराम हस्पिटल प्रा.लि. विरगंज, पर्सामा ओ.पि.डि शुल्क ३० प्रतिशत ल्याब शुल्क २० प्रतिशत फार्मेसी, शल्यक्रिया तथा बेड शुल्क १० प्रतिशत,युएसजी, एक्स–रे, ईसीजी, इको शुल्क १० प्रतिशत,आमा सुरक्षा (सामान्य र सिजेरियन) शुल्क निःशुल्क छुट प्राप्त गर्न सक्नेछन् ।सि.एम.सी चुरे हस्पिटल हेटौंडा, मकवानपुर कानुनी मामिला बाहेकका अस्पताल सुविधाहरु २० प्रतिशत ,कानुनी मामिला बाहेकका फार्मेसी सुविधाहरु ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

होटल भिषूवा प्रा.लि .विरगंज, पर्सा पेय पदार्थ शुल्क १० प्रतिशत,रेस्टुरेन्ट शुल्क १५ प्रतिशत ,पौडी र स्पा शुल्क ३० प्रतिशत,आवास शुल्क २० प्रतिशत छुट छुट प्राप्त गर्न सक्नेछन्।शितल चौतारी होटल मानेन्जमेन्ट इन्स्टिच्युट एण्ड रेस्ट्रो प्रा.लि नयाँ बानेश्वर खाना तथा पेय पदार्थ १४ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।त्यस्तेै, अल्फा डेन्टल हेटौंडा, मकवानपुर सबै किसिमका दन्त सुविधाहरु १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया