२०८२ आश्विन १६ | Oct 02, 2025

महिला फुटबल प्रतियोगितामा आठ टोली

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २७
|
306 views

नेपालगञ्ज   नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ टोलीको सहभागिता रहने भएको छ । नेपालगञ्ज रङ्गशालामा आगामी वैशाख ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा आयोजक अन्तरालले आज पत्रकार भेटघाट गर्दै सहभागी टोलीको घोषणा गरेको हो । प्रतियोगितामा आयोजक बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेताले रु दुई लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने निर्देशक शाहको भनाइ छ । उहाँले आयोजकले यस प्रतियोगितापछि नियमित फुटबल प्रशिक्षण गराउने तथा रङ्गशालाको भौतिक पूर्वाधार मर्मत र सम्हारमा पनि ध्यान दिइने बताउनुभयो । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया