२०८२ आश्विन १६ | Oct 02, 2025

माइडियाद्वारा दुई अत्याधुनिक एयर प्युरिफायर (केजे५००जी-एफ११ र केजे४००जी-जेड१ प्रो) नेपाली बजारमा सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २३
|
204 views

ललितपुर । विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर ९केजे५००जी(एफ११ र केजे४००जी(जेड१ प्रो० नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यावसायिक स्थानहरूका लागि उपयुक्त हुनसक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको छ।

यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्यांकन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोडमा चल्ने गर्छ।

यसमा घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धीकरण प्रणाली छ भने नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता पनि रहेको कम्पनीको भनाइ छ। CG इलेक्ट्रोनिक्स नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी हो, जसले विश्वस्तरीय ब्रान्ड र नवीनतम प्रविधिहरू नेपाली


ग्राहकसम्म पुर्‍याउने उद्देश्य राखेको छ। कम्पनीले गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्समा काम गर्दै आएको छ। ४
दशकभन्दा लामो अनुभवसहित, CG इलेक्ट्रोनिक्सले विश्वसनीयता, गुणस्तर र उत्कृष्ट ग्राहक सेवामा आफ्नो नाम
बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया