२०८२ आश्विन १६ | Oct 02, 2025

माउण्टेन इनर्जी नेपालको साधारणसभा आह्वान

BusinessPati बिजनेस पाटी
|
२०८१ पुष २
|
306 views

काठमाण्डौ २ पौष २०८१- माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ पुस २८ गते आम्रपाली ब्यान्क्वेटमा साधारणसभा बोलाएको हो ।
कम्पनीको साधारणसभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५।७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
साथै कम्पनीले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार १५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउंछ । सो चुक्ता पुँजी १स्०।५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले गरेको हो । विद्युत नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी बार्षिक साधारण सभामा स्वीकृतीको लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ । कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस संगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया