|
|
२०८२ बैशाख २४
357 views
ललितपुर - काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर टाउको र निधारमा चोट लागेपछि उनी मध्यराति अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएका थिए ।
उनलाई राती १२ बजेको समयमा उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ। उनको अवस्था सामान्य रहेको स्रोतको भर्नाई छ।
प्रचण्डलाई न्यूरोलोजिस्ट डा. बाबुराम पोखरेलको टिमले उपचार गरेको थियो। सामान्य उपचार पश्चात् उनी बुधबार विहानै घर फर्केको अस्पताल स्रोतले बताएको छ ।

बिजनेस पाटी