२०८२ असार २३
51 views

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका सांसदद्वय जनार्दन शर्मा र जगप्रसाद शर्माले आजको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेका छन् ।
न्यायाधीशमा प्रस्तावित नाम समावेशी नभएको भन्दै सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीश र न्याय परिषद् सदस्यको अनुमोदन गर्न सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठक माओवादीका सांसदले बहिष्कार गरेका हुन् ।
प्रस्तावित नाम समावेशी नभएकाले आफूहरु यो निर्णय प्रक्रियामा सहभागी नभएको माओवादी केन्द्रले जानकारी गराएको छ । हाल सिफारिस भएका व्यक्तिसँग असहमति भन्दा पनि संविधान विपरीतको कार्य हुन लागेकाले आफूहरु बाहिरिएको सांसदद्वयले जानकारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया