माछापुच्छ्रे बैंकको खुद नाफा ८० करोड ५३ लाख

काठमाडौँ  ०५  माघ २०८०

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ % कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ % घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.५५ % घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६.६७ % घटेको छ भने सञ्चालन मुनाफा १३.१९ % घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ४ रुपैयाँ २५ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १३ पैसा घटेर १३ रुपैयाँ ८६ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १३.३० % बोनस शेयर वितरण गरी चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया