२०८२ भाद्र ६ | Aug 22, 2025

माधव नेपाल विशेष अदालतमा हाजिर

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११

ललितपुर । एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् ।

आफ्ना अधिवक्ता सहित उनी आफू विरुद्ध लागेको मुद्दाको बयानका लागि बुधबार अदालतमा हाजिर भएका हुन् ।

पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका बयान दिनकै लागि नेपाल आज विशेष अदालतमा उपस्थिति भएका हुन् ।

नेपाल सहित ९३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया