मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने

काठमाडौं, २९ पुस २०८०-मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो । सभाले ७३।१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले सञ्चालक समितिकोे निर्विरोध चयन पनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया