२०८२ आश्विन १६ | Oct 02, 2025

माबिलुङ्ग इनर्जी सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १९
|
204 views

ललितपुर । यही साउन २६ गतेदेखि माबिलुङ्ग इनर्जी लिमिटेडले दोस्रो चरणको आईपीओ निष्काशन गर्न लागेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । दोस्रो चरणमा भने कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

यसअघि नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा भने कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरुका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २९ गते तथा भने ढिलोमा भदौ ९ गते हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया