२०८२ जेष्ठ ३०

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेका उनीहरु अदालतमा बयानका लागि पनि उपस्थित भएका थिएनन् ।
मिश्र र राणा सम्पर्कविहीन भएपछि उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराइएको थियो । अदालतमा मुद्दा खेपिरहेका मिश्र र राणा हाल फरार छन् । बिहीबार राति तीनकुने घटनाका आरोपी मध्य ७ जनालाई थुनामा पठाउने आदेश काठमाडौँ जिल्ला अदालतबाट भएको थियो । यस्तै ३० जना धरौटीमा रिहा भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया