२०८२ आश्विन १६ | Oct 02, 2025

मिस एसईई इटहरीको ट्यालेन्ट राउन्ड सम्पन्न, २६ प्रतिष्पर्धीले देखाए प्रतिभा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २२
|
153 views

इटहरी । पाँचौं संस्करणको मिस एसईई इटहरीुको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । किशोरीहरुको सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा स्थापित यो प्रतियोगिताको मंगलबार सुनसरीको इटहरी अवस्थित दुर्गा पार्टी प्यालेस उक्त ट्यालेन्ट राउन्ड सम्पन्न भएको हो । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यो प्रतियगिताको फाइनल भने यही जेठको अन्तिम शनिबार अर्थात् जेठ ३१ गते ईटहरीको लायन्स क्लबमा साँझ ६ बजेदेखि हुने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले जानकारी गराए ।

सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगिताको २६ जना फाइनल प्रतिष्पर्धीहरुले आ-आफ्नो प्रतिभा उपस्थित दर्शक माझ प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्डको निर्णायकमा आकाश इन्स्टिच्युटका सीइओ गोपाल निरौला, ओपन स्पेस प्रालिका सीइओ सजिना श्रेष्ठ, डान्स कोरियोग्राफर निकिशा कठायत र सामाजिक अभियन्ता निराजन पाण्डे रहेका थिए । ट्यालेन्ट राउण्ड कार्यक्रमको सञ्चालन शुभेक्षा कार्कीले गरेकी थिइन् ।

उपाधि विजेताको लागि सुजना श्रेष्ठ, श्रेयांशी भट्टराई, अमिका घिमिरे, पवित्रा कुँवर, रक्षा मोचि, प्रीति थापा, समीक्षा कार्कि, पुष्पाञ्जलि श्रेष्ठ, अर्पणा राउत, कृतिका सुवेदी, स्नेहा कटवाल, बेदिका भुजेल, रितिका खड्का, रचना मगर, रोस्मी राई, आयुषा बराल, आयुषा राउत, रेश्मा विष्ट, संस्कृति दाहाल, रेनेशा प्रधान, अदिति गुरागाईं, इप्सिता रेग्मी, युना राई र पेरिशा शंकरले यतिबेला मेहनत गरिरहेका छन् । यी प्रतिस्पर्धीहरुलाई शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेकी छन् ।

कार्यक्रमको सहयोगी आकाश इन्स्टिच्युट र यार्सागुम्बा रहेको छ भने मिडीया पार्टनरको रुपमा परीकला न्यूज रहेको छ । यस्तै प्रतिष्पर्धीहरुलाई श्रृङ्गार एसबी मेकअप एण्ड नेल स्टुडियोले गरिरहेको छ । फोटोग्राफी तथा भिदियोग्राफि पार्टनरको रुपमा निश्चल ग्यालरी रहेको छ भने वि प्रोडक्सन डिजाइनिङ पार्टनरको रुपमा रहेको छ । प्रतिस्पर्धीहरुलाई ड्रेस डिजाइन निधि बुटिकले गरिरहेको छ । कार्यक्रमको संयोजनको रुपमा इटहरी उपमहानगरपालिका र एजुकेशन पार्टनरको रुपमा सुष्मा गोदावरी कलेज रहेको छ । यो प्रतियगिताको विजेताले प्लस टू फूल स्कलरसिप सँगै अन्य थुप्रै पुरस्कार तथा सब-टाईटल हरु प्राप्त गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया