मुक्तिनाथ विकास बैंकका तिन शाखा एकै साथ

बिजनेसपाटी ९ फागुन ।
मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कास्की जिल्लाको अमरसिङ्ग चोक, जिरो कि.मी तथा लामाचौर गरी आफ्ना तिन शाखा कार्यालय विस्तार गरेको छ ।

अमरसिङ्ग शाखाको समुद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद माननिय मन बहादुर गुरुङ्गले गर्नु भएको थियो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि गुरुङ्गले बैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गर्नुभयो ।

जिरो कि.मी शाखाको समुद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री माननिय किरण गुरुङ्गले गर्नु भएको थियो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि श्री गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

लामाचौर शाखाको समुद्घाटन पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गर्नुभयो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै श्री आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), स्थानीय, समाजसेवी तथा भद्रभलाद्मीहरुले बैंकको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो

कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताउनु भयो । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया