मुक्तिनाथ विकास बैंकको ‘बरदान मुद्दति योजना’

काठमाडौँ १७ भाद्र

मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले १ वर्ष अवधिमा न्युनतम ५ लाख रुपैयाँ निक्षेप राख्न सक्नेछन।

बैंकले योजना अन्तर्गत निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने जनाएको छ ।  योजना देशैभरीका ९५ वटै शाखावाट उपलब्ध हुने बताएको छ। ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा डेबिट कार्ड सेवा प्रदान गर्दे आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया