२०८२ भाद्र ६ | Aug 22, 2025

मुस्लिमहरुको महान पर्व मोहरमको अवसरमा सर्वतपानी वितरण

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २३

नेपालगञ्ज । मोहरम पर्व बिशेष सामाजिक सद्भावका लागि नेपालगन्जमा स्वयम्सेवा मुस्लिम धर्मावम्बिहरुको महान पर्व मोहरमको अवसरमा नेपालगन्जमा सर्वतपानी वितरण भएको छ ।

मोहरम पर्वको अवसरमा सामाजिक सद्भावका लागि स्वयम्सेवा अन्तरगत नेपालगन्जको त्रीबेणीमोडमा सर्वतपानी वितरण गरिएको हो । बास नेपाल, नाइस नेपालगन्ज र युथ एड्भोकेसी नेपालले संयुक्त रुपमा सर्वतपानी वितरण कार्यक्रमको आयोजना गरेको हो । मोहरमको ताजीया बिर्षजनका लागि निश्किएका व्यक्तिहरुलाई लक्षित गरी करिब २ हजार बढीलाई वितरण गरिएको थियो ।

सबै धर्मका मुख्य पर्वहरुमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता लागि विगत देखिनै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा त्यसको निरन्तरता स्वरुप आयोजकले यस बर्ष पनि पानी वितरण गरेका हुन्।

सर्वत पानी वितरण कार्यक्रमका बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्व अध्यक्ष रमेश सिटौला, नाइसका अध्यक्ष हेमराज भट्ट, युथ एड्भोकेसी नेपालका जिल्ला संयोजक शोभा थापा मगर, बास बाँके शाखाका अध्यक्ष रामु चिडिमार, बासका प्रबन्धक मन भण्डारी, जनसम्पर्क अधिकृत माधब कार्की, प्रशासकिय अधिकृत शुद्ध प्रशाद चौधरी, वातावरण विभाग प्रमुख हेमन्तराज काफ्ले, लेखा सहायक प्रदिप बोहरा, इन्र्टन पुष्पा देवकोटा, स्वयम् सेवक सलिम हलवाई लगायतको उपस्थितीमा सर्वतपानी वितरण गरिएको थियो ।

यसैगरी आज नै वहलिया चिडिमार विकास समाज नेपालगन्ज १२ ले समाजका अध्यक्ष रामु चिडिमारको अगुवाईमा मोहरमलाई लक्षित गरि सर्वत वितरण गरेका थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया