२०८२ जेष्ठ ५

ललितपुर । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । गत शुक्रबारदेखि चाँदी एउटै मुल्यमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको छ, जुन शुक्रबारदेखिकै मूल्य हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया