मृत्युको पोखरीमा फूलेको केश, दुर्घटनाबाट कसरी बाँचे रमेश ?

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३०
|
510 views

ललितपुर - ललितपुर । विहीबार दिउँसो १ बजेर ३८ मिनेटको समयमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल एक मात्र यात्रु भाग्यशाली व्यक्ति हुन् विश्वास कुमार रमेश ।

विमानमा १२ जना चालक दलका सदस्य सहित २४२ जनामध्ये एकमात्र उनी बाँच्न सफल भएका छन् ।

    सोही विमानमा विश्वास कुमारका दाजु अजय कुमार समेत सवार थिए ।

    दाजु अजय कुमार रमेशले दुर्घटनामा ज्यान गुमाए भने भाइ विश्वास कुमार बाँच्न सफल भएका छन् ।

    बिउँझिदा लासैलासको वरिपरि आफूलाई पाएपछि विश्वासले दाजु अजयको समेत खोजी गरिदिन उद्धारकर्मीसँग बिलौना गरेका थिए ।
    विश्वासका अनुसार उडेको ३० सेकेन्डभित्रै विमानमा समस्या देखिएको थियो ।

      सिट नम्बर ११ए मा सवार विश्वास बेलायतका लागि उडेका थिए ।

      ४० वर्षीय विश्वासका श्रीमती र बच्चाहरु बेलायतमै बस्दै आएका थिए ।

      एनको परिवार पछिल्लो २० वर्षदेखि बेलायत बस्दै आएका थिए ।

      विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना पोर्चुगली नागरिक र १ जना क्यानेडियन नागरिक सवार थिए ।

      उक्त विमानमा गुजरातका मुख्यमन्त्री विजय रुपाणीको समेत मृत्यु भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube