२०८२ भाद्र ९ | Aug 25, 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २०

ललितपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं २८ लाख धरौटी रिहा भएका छन् । उच्च अदालत पाटनले मेडिकल व्यवसायी प्रसाईंलाई बैङ्किङ कसुर र राजावादी आन्दोलनसँग जोडिएको दुवै मुद्दामा धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । त्यस्तैसीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् ।

अदालतले प्रसाईं क्यान्सर रोगबाट पीडित भएको भन्ने प्रमाणबाट देखिएकाले धरौटीमा छाड्ने आदेश दिएको हो। मेडिकल व्यवसायी प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको थियो । त्यसपछि अदालतले प्रसाईँलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement