२०८२ असार ११

ललितपुरं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बजेट तर्जुमा समितिले तोकिएको समयसीमाभित्र बजेट ल्याउन नसकेको भन्दै र छिटो कार्यपालिका बैठक बोलाउन ध्यानाकर्षण पत्र पठाएको छ ।
पत्रमा भनिएको छ, “काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठक लामो समयदेखि बस्न सकेको छैन । कार्यपालिकाका सदस्यहरूबाट बैठक मागसमेत भएकोमा बैठक आह्वान हुन सकेको छैन,” “आर्थिक वर्ष २०८२/०८३ को बजेटको सीमा निर्धारणका लागि बैठक आह्वान गर्न तथा आर्थिक वर्षको वार्षिक बजेट समेत नगरसभासमक्ष पेस गर्नुपर्ने अनिवार्य छ । त्यसैले बैठक आह्वानको लागि अनुरोध गरेका छौँ ।”
समितिको संयोजक उपमेयर सुनिता डंगोल र सदस्यमा १५ जना कार्यपालिका सदस्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया