
ललितपुर । झण्डै दुई दशक अघि देखी कला छेत्र मा आबद्ध अर्जुन पोखरेल यस क्षेत्रमा @Arjunपोखरेल ले परिचित छन् । भिडियो सम्पादन बाट करिअर सुरु गरेका उनले हालसम्म हजार भन्दा बढी म्युजिक भिडियो, तिन वटा चलचित्र, बिस भन्दा बढी टेलिसिरियल दुई सय भन्दा बढी डकुमेन्ट्री र पाँच सय भन्दा बढी विज्ञापन सम्पादन गरी सकेका छन् ।
तिमीलाई देखे पछि आइ लभ यु भन्न मन लाग्छ, मर्छु बरु छटपटीमा , जस्ता चर्चित गीतको म्युजिक भिडियोका सम्पादक पोख्रेलले सम्पादन गरेका चलचित्र र सिरियलहरूमा सिन्दूर, जीवनचक्र, चर्पी आदी पर्छन् ।
नयाँ कन्सेप्ट मा काम गर्न रुचाउने उनी सम्पादक हुँदै भि एफ एक्स , ग्राफिसमा पाइला चाल्दै करिब १५ वर्ष अगाडि नेपालको साङ्गीतिक छेत्रमा एक प्रकारको नयाँ लहर ल्याउन सफल भए । प्रमोद खरेलको स्वर रहेको म बिना कसै कसैलाई मुस्किल छ पोखरामा बोलको गीतको प्रोमो नयाँ कन्सेप्टमा बनाएर चर्चा र रोजाइमा परेका उनले पछाडि फर्केर हेर्नु परेन । सम्पादनमा अर्जुन पोख्रेल स्थापित हुँदै गर्दा अहिलेका सर्वाधिक हिट नम्बरका सङ्गीतकार अर्जुन पोखरेल पनि स्थापित भएपछि पर्दा पछाडिका दुई अर्जुनको नाम सँग दर्शक श्रोता झुक्किने अवस्था आयो ।
त्यसपछि उनले आफ्नो नाम को अगाडि @Arjun लेखेर त्यसैलाई स्थापित गराउन लागे । टेलिभिजनमा @Arjunले ग्राफिक्स गरेको गीतको प्रोमो छ्यापछ्याप्ती आउन थाले । त्यो समय उनले दिनमा झण्डै दुई दर्जन प्रोमो बनाउँथे । उनले सङ्गीतकर्मी माझ यस्तो छाप बनाएका थिए कि प्रोमो बनाउनु परे त @Arjun संगै बनाउनु पर्छ भन्ने ।

एक दशक भन्दा बढी समय अघिको टेलिभिजनमा प्रोमो बजाएर प्रचार गर्ने चलन अहिले त इतिहास नै भई सक्यो । प्रोमो काट्ने अर्जुन पनि परिवर्तन र प्रविधिलाई पछ्याउँदै एनिमेसनमा अगाडि बढे त्यसमा पनि उनले सफलता हात पारे ।
अहिले उनले पोष्ट प्रोडक्सनको काम चटक्कै छाडेर भिडियो निर्देशनमा हात हालेका छन् । करिब एक दर्जन बढी गीत चार दर्जन भन्दा बढी विज्ञापन निर्देशन गरिसकेका उनले भिडियो भि एफ एक्सको प्रयोग गर्न सुरुवात गरेका छन् ।
सुन न बोलको गीत जसमा अभिनेता आर्यन सिग्देलको अभिनय रहेको छ त्यसमा उनले भि एफ एक्सको प्रयोग गरेका छन् । चित्लाङमा खिचिएको भिडियोमा उनले भि एफ एक्स प्रयोग गरी नयाँ चित्लाङ, बहुबली झर्ना देखाएका छन् । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको हाम्म हाम्म बोलको गीतमा पनि उनले एनिमेशन गरेका हुन् ।
अर्जुनले नेपालमा भएका केही अवार्डमा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् भने विभिन्न अवार्डहरूमा उत्कृष्टमा छनौट सँगै सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि जितेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया