मैत्री समूह गठन नहुँदा संसदीय कुटनीति कमजोर – सांसद ढकाल

बिजनेस पाटी बिजनेस पाटी
|
२०८० पुष २३
|
459 views

ललितपुर - काठमाडौँ २३ पुस २०८०-संघीय सांसद तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य एकनाथ ढकालले संसदीय मैत्री समुहहरु गठनमा ढिलाई हुँदा संसदीय कुटनीति कमजोर भएको बताएका छन् । संसदीय कुटनीतिमा संसदले प्रभावकारी भूमिका खेल्नु पर्छ भन्दै ढकालले प्रतिनिधि सभाको बैठकमा पनि आफ्नो धारणा राखेका थिए । ढकालले केहि समय अघि सभामुख देवराज घिमिरेलाइ समेत भेटि यथासिघ्र संसदीय मैत्री समूह गठन गरि संसदलाई थप क्रियाशील बनाउन आग्रह गरेका थिए । द युनिभर्सल टाइम्सको लागि सम्पादक बिष्णु गिरि “निश्चल” संग कुरागर्दै ढकालले प्रतिनिधि सभाले एक बर्षको कार्यकाल पुरा गर्दा पनि यति सरल बिषय समेत ओझेलमा पर्नुले संसद्को इच्छाशक्तिमा प्रश्न उठ्न सक्ने समेत बताए ।

पूर्वमन्त्री समेत रहेका छोटो समयमानै धेरै अन्तराष्ट्रिय अनुभब हासिल गरेका ढकाल विश्वका विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसंग समेत भेटघाट गरिसकेका परिचित व्यक्तित्व हुन् । ढकालले अन्तराष्ट्रिय स्तरमा बिश्वब्यापी भातृत्व अन्तरधार्मिक एकता, मानवअधिकार, संसदिय कुटनितिज्ञ लगायत बिषयमा सयौ पटक बिभिन्न देशमा नेपालको प्रतिनिधीत्व गरी मुलुकको गरिमा बढाउन सफल भएका छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो