२०८२ भाद्र ६ | Aug 22, 2025

ट्रम्प र मोदी बीच लामो फोनवार्ता, विषय के थियो ?

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ४

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लामो फोनवार्ता भएको छ । भारतका विदेश सचिव विक्रम मिस्रीका अनुसार यो फोनवार्ता करिव ३५ मिनेटसम्म चलेको थियो । ‘पहलगाममा आतङ्कवादी हमलापछि दुई नेताहरूबिच भएको यो पहिलो कुराकानी हो। त्यसैले प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेसन सिन्दूरबारे विस्तृत रूपमा कुरा गरे’ मिस्रीले भने ।

यो सम्पूर्ण घटनाको समयमा, भारत–अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तानबिच अमेरिकाको मध्यस्थता जस्ता विषयहरूमा कहिल्यै कुनै पनि स्तरमा छलफल नभएका मोदीले ट्रम्पलाई बताएको पनि मिस्रीले भने । आफ्नो मध्यस्थताका कारण भारत र पाकिस्तानबिच युद्धविराम भएको मे १० मा डोनाल्ड ट्रम्पले भनेका थिए ।

त्यस समयमा पनि भारतले कुनै पनि प्रकारको मध्यस्थतालाई अस्वीकार गरेको थियो । ‘सैन्य कारबाही रोक्ने विषयमा भारत र पाकिस्तानबिच दुई सेनाबिच स्थापित विद्यमान च्यानलहरू मार्फत प्रत्यक्ष छलफल गरिएको थियो र यो पाकिस्तानको आग्रहमा भएको थियो । प्रधानमन्त्री मोदीले जोड दिएर भनेका थिए कि भारतले कहिल्यै मध्यस्थता स्वीकार गरेको छैन, स्वीकार गर्दैन र कहिल्यै गर्ने छैन । यस विषयमा भारतमा पूर्ण राजनीतिक एकमत छ ।’ मिश्रीले भने ।

मोदीले राखेका बुँदाहरू ट्रम्पले विस्तृत रूपमा बुझेको र आतङ्कवाद विरुद्धको भारतको लडाइँलाई समर्थन व्यक्त गरेको पनि मिस्रीले बताए । भारतले अब आतङ्कवादलाई छदम युद्धको रूपमा नभएर युद्धकै रूपमा हेर्ने र भारतको अपरेसन सिन्दूर अझै पनि जारी रहेको ट्रम्पलाई भनिएको पनि उनले बताए । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया