|
|
२०८२ कार्तिक १३
1.7k views
ललितपुर - ललितपुर । मोन्था चक्रवातका कारण मुलुकभर अविरल वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ । दशै लगत्तैको वर्षाले विभिन्न ठाउँमा बगाएको सडक मर्मत गर्न नपाउँदै पुनः मंगलबारदेखि परेको पानीले जनजीवन कष्टकर बनेको हो ।
वर्षा अझै दुईदिन नरोकिने अर्थात् शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने छ ।
आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने र शनिबार विहानसम्म देशका अधिकांश स्थानमा निरन्तर वर्षा भने विभागले जनाएको हो ।
विभागका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।

बिजनेस पाटी