२०८२ आश्विन १६ | Oct 02, 2025

मोरङका एक व्यक्तिले काटिदिए बालकको लिङ्ग

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१
|
102 views

विराटनगर । मोरङका एक व्यक्तिले ७ वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । बालकसँग जिस्किनेक्रममा बालकको लिङ्ग काटिदिएका हुन् ।

आज विश्वभर निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । तर, यता मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन्

पथरीशनिश्चरेमा ग्रील पसल सञ्चालन गरी बसेका मही चौधरीले आफ्नो पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।

घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घटना घटाएपश्चात् चौधरी आफैले बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् ।
यतिबेला बालकको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया