म एक किसान


नन्दलाल खरेल

म एक किसान दश नङग्रा खियाई गर्छु उत्पादन
तर मोल तोक्छ हामीलाई हेयाएर अर्कै वडेमान

म एक किसान धाम,पानी, हावा, हुरी नभनी गर्छु काम
खर्च उठाउन मुस्कील छ सबै वेची दाम

म एक किसान कहिल्यै पाउदीन राज्यको अनुदान
तर वजेटमा छुट्याइन्छ हामीलाई भनेर अरवौं दान

म एक किसान पशुपालनमा रमाउछु साँझ विहान
खान्छु मोही वेच्छु् घीउ गरीबलाई गर्छु अन्न दान

म एक किसान मुस्किलले जान्छु वर्षमा एक पटक शहर
तर पुरा गर्न सक्दिन वच्चा वच्चीका सबै रहर

म एक किसान धान्नु छ सबै संस्कृति परम्परा
तर मर्ने वेला सम्म पनि पाउदीन कसैको सहरा

म एक किसान गरेन हामीलाई लोकतन्त्र गणतन्त्रले सम्मान
सम्मानको सट्टा पायौं हामीले पटक पटक अपमान

राज्यका सबै कर्मचारीको हुन्छ पेन्सन
तर जती गरे पनि मात्र हुन्छ हामीलाई टेन्सन

प्रकासित मिति २०७८–३–८

फेसबुकबाट तपाईको प्रतिक्रिया