म लोकतान्त्रिक नेता

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ४
|
1.6k views

ललितपुर - म लोकतान्त्रिक नेता विधी प्रकृयाको कुरा गर्छु 
तर सबैभन्दा अलोकतान्त्रिक हर्कतहरु मच्याउछु

म लोकतान्त्रिक नेता स्वतन्त्रता, न्याय र समाजवादको कुरा गर्छु 
पार्टीमा गुट चलाई सधैभरी हैकम जमाउछु

    म लोकतान्त्रिक नेता जसरी पनि सत्ता कब्जा गर्छु 
    दलाल पुँजीवादको सधैभरी मन्त्र जप्छु 

    म लोकतान्त्रिक नेता कम्युनिष्टहरुलाई वैचारिक विचलन गराउँछु 
    भ्रष्टचार, लुट, कमिसनमा सहभागी गराउँछु 

    म लोकतान्त्रिक नेता मानव अधिकारको कुरा गर्छु 
    तर हत्या, हिँसा वलात्कारको घटना झन बढाउँछु 

      म लोकतान्त्रिक नेता वैदेशिक ऋणमा भर पर्छु
      स्वाधीनता र राष्ट्रियताको एजेन्डा हरदम अघि सार्छु 

      म लोकतान्त्रिक नेता राज्य कोषको दोहन गर्छु 
      आवरणमा रहेका कम्युनिष्टहरुलाई लालीपप चटाउँछु 

      म लोकतान्त्रिक नेता कालाबजारी माफीयालाई प्रश्रय दिन्छु 
      चुनाव जित्न र पार्टी चलाउन हरदम सहयोग माग्छु 

      म लोकतान्त्रिक नेता प्रजातन्त्र र लोकतन्त्रको कुरा गर्छु 
      साम दाम, दण्ड भेद प्रयोग गरी चुनाव जित्छु 

      म लोकतान्त्रिक नेता साम्राज्यवादी शक्तिहरुसँग साँठगाँठ गर्छु 
      उनीहरुकै  राजनीतिक र आर्थिक नीतिहरु अघि सार्छु 

      म लोकतान्त्रिक नेता आवरणमा संघीयता र गणतन्त्रलाई स्वीकार्छु 
      तर व्यवहारमा यथास्थितीवादी कार्य पद्धति अपनाउँछु 

       पात्रो/राशिफल  रेडियो YouTube